सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

फेसबुकमा नक्कली आइडी बनाएर अश्लील फोटो पठाउने पक्राउ

१८ श्रावण, २०७७ १६:५० मा प्रकाशित

828 पटक पढिएको

arrested illustration

तनहुँ – प्रहरीको साइबर ब्यूरोले अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको नक्कली आइडी बनाएर फेसबुकमा आफन्तलाई अश्लील फोटो पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome