शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

सन्दीपले फेरी होबार्ट हुरिकेन्सबाट बिग ब्याश लिग खेल्ने

११ भाद्र, २०७८ १८:४० मा प्रकाशित

218 पटक पढिएको

sandeep in bbl

काठमाडौं – नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग ब्याश लिग (बिबिएल) पुनःहोबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन्। अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई बिहीबार पुनःअनुबन्ध गरेको हो। गत वर्ष पनि उनी सोही टोलीमा अनुबन्धित गरेको थियो।

होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ।

गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए। लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडीहुन्। लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसकेका छन्। सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उनले आठ खेलमा ११ विकेट लिएका थिए। सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उनले १३ खेलमा १५ विकेट लिए।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उनी हाल ओमानमा छन्। उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्यागेका थिए। यसपटक उनले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome