बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

भोजपुरमा श्रीमतीको हत्या पछी श्रीमानले गरे आत्महत्या

१२ भाद्र, २०७८ १५:२९ मा प्रकाशित

474 पटक पढिएको

suicide by hanging

काठमाडौं – भोजपुरमा आफ्नै श्रीमतीको हत्या पछी एक श्रीमानले आत्महत्या गरेका छन्। भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका हुन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको र घरदेखि करिब ४० मिटर तलको दुधेलोको रुखमा आफू पनि झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले जानकारी दिए।

प्रहरीका अनुसार राती सुतिरहेका बेलामा आमालाई बोलाउने क्रममा आमालाई मृत देखेपछि ८ वर्षीय छोराले घरदेखि केही पर रहेको हजुरआमा पर्नेलाई खबर गरेका थिए। त्यसपछि स्थानीयबासीमा खैलाबैला भएको थियो। पछि बाबुलाई खोज्ने क्रममा उनी पनि रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए। मृतक दुवैका ८ वर्षीय छोरा र एक छोरी छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome