आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

कालीकोटमा जिप दुर्घटना : चालकको मृत्यु, ११ जना घाइते

१३ भाद्र, २०७८ १४:३४ मा प्रकाशित

396 पटक पढिएको

jeep mishap in kalikot

काठमाडौं – कर्णाली करिडोरको कालीकोट खण्डमा जिप दुर्घटना हुँदा गाडी चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शान्नि त्रिवेणी गाउँपालिकादेखि लालिघाट बजार आउँदै गरेको क १ ज ३२ नम्बरको जिप आम्तडाको उकालो चढ्ने क्रममा दुर्घटना हुँदा गाडि चालक शान्नि त्रिवेणी गाउँपालिका रकु घर भएका बिक्रम गिरीको मृत्यु भएको छ।

गाडिमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइते यात्रुको अवस्था गम्भीर छ । दुर्घटना कसरी भयो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनामा घाइते भएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरी निरिक्षक महेशविक्रम शाहीले बताए ।

घाइतेको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनले भने, ‘घाईतेको अवस्था गम्भीर रहेको बुझिएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लग्नु पर्ने अवस्था छ । हामी त्यसैको तयारीमा छौँ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome