शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

अमेरिकाको लुइजियानामा १८५० यताकै खतरनाक आँधी आउने चेतावनी

१३ भाद्र, २०७८ १४:३८ मा प्रकाशित

230 पटक पढिएको

ida hurricane

काठमाडौं – संयुक्त राज्य अमेरिकाको लुइजियाना राज्यमा सन् १८५० यताकै खतरनाक आँधी आउने चेतावनी दिइएको छ । हरीकेन इदा नाम दिइएको उक्त आँधी आइतबार लुइजियाना राज्य आइपुग्ने चेतावनी स्थानीय सरकारले दिएको छ ।

नेसनल हरीकेन सेन्टरका अनुसार इदा हरीकेन शनिबार मध्यरातिसम्म इदा हरीकेन मेक्सिकोको गल्फ क्षेत्रसम्म आइपुगेको छ भने आइतबार बिहान (स्थानीय समय) सम्म अमेरिकाको लुइजियाना प्रान्तमा आइपुग्ने छ । सो हरीकेन सन् १८५० यताकै विनाशकारी रहेको र आइतबार साँझसम्म उक्त राज्यमा रहने प्रक्षपेण हरीकेन सेन्टरले गरेको छ ।

प्रतिघण्टा २१० किलोमिटर हावाको वेगमा आउने हरीकेन इदा निकै शक्तिशाली भएको हरीकेन सेन्टरले जनाएको छ । उक्त हरीकेनले भारी वर्षा र आँधी तुफान ल्याउने जनाइएको छ ।

यसअघि सन् १८५० मा लुइजिनिया प्रान्तमा इतिहासकै विनाशकारी हरीकेन आएको थियो । उक्त हरीकेनभन्दा इदा हरीकेन झनै खतरनाक रहेकाले स्थानीयहरुलाई सर्तक रहन अधिकारीहरुले आग्रह गरेका छन् ।

‘अमेरिकी इतिहासमा यो १८५० यताकै खतरनाक हरीकेन हुनेछ । जसले लुइजियाना राज्यमा क्षती पुर्याउने छ । त्यसैले सबैलाई सर्तक रहन आग्रह गर्दछु ।’ लुइजिनिया राज्यका गर्भनर जोन वेल एडवार्डले शनिबार प्रेस सम्मेलनमा भनेका छन् ।

आइतबार आउने भनिएको हरीकेन जोखिमयुक्त क्षेत्र दक्षिण पुर्वी लुइजियानाका १० हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको बताइएको छ । यसअघि ठिक १६ वर्षअघि अर्थात् सन् २००५ अगष्ट २९ मा आएको हरीकेन क्याट्रिनाका कारण लाखौं मानिस घरबारविहीन बनेका थिए ।

लुइजियानामा आइतबार हरीकेन क्याट्रिनाको १६ वार्षीकोत्सव मनाउने तयारी चलिरहेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome