शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

बाढीले गाउँ कटानको उच्च जोखिममा परेपछी स्थानीय रातभर जाग्राम

१३ भाद्र, २०७८ १४:४३ मा प्रकाशित

217 पटक पढिएको

banganga river nepal

काठमाडौं – वर्षाका कारण कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीले गर्दा यशोधरा गाउँपालिका ८ खोरिया गाउँ नदी कटानको उच्च जोखिममा परेको छ । नदी गाउँ पस्न सक्ने डरका कारण खोरिया गाउँका स्थानीय सर्वसाधारण पालैपालो नदी तटीय क्षेत्रमा रातभर जाग्राम बस्छन् । नदीमा पानीको बहाव र सतह बढ्दै गर्दा नदी किनारको तटबन्ध टुट्ने पो हो कि भन्ने डरले आफूहरु निकै चिन्तित रहेको स्थानीय पप्पु मुसलमानले बताए ।

वाणगंगा नदी तटीय क्षेत्रका यी सर्वसाधारणको समस्या यस वर्षको मात्रै भने पक्कै होइन । जिल्लामा धेरै सांसद तथा मन्त्री बने तर यहाँका सर्वसाधारणको यो समस्या ज्यूका त्यूँ नै रह्यो ।

हरेक वर्ष यसरी नै वाणगंगा नदी तटीय क्षेत्र खोरिया र आसपासका अन्य सर्वसाधारण सास्ती खेप्दै आएका छन्। वर्षौको यो समस्या समाधानका लागि स्थानीय राजनैतिक अगुवा युवा गिरिजेश पाण्डेयले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षणका लागि आग्रह गरेका छन् ।

तत्काल बाढीबाट तटवन्ध टुट्न नदिन बाँस र माटो तथा बालुवा भर्नका लागि खाली बोरा स्थानीय प्रशासनले उपलब्ध गराउने तयारी गरिएको छ । स्थानीय सर्वसाधारणा समेतको संलग्नतामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी क्षति भएको तटवन्ध निर्माणको व्यवस्थापनको काम सुरु गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सामान्य बजेटबाट तटवन्ध निर्माण कार्य गर्न नसकिने भएका कारण यसको नियन्त्रणका लागि प्रदेश सरकार र केन्द्र सरकारको सहयोगको खाँचो रहेको यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले बताए ।

गाउँपालिकाबाट गर्न सम्भव कार्य गाउँपालिकाबाट तत्काल गर्छौं,’ गाउँपालिका प्रमुख पाण्डेयले भने । डुबान क्षेत्रमा कांग्रेस नेता सुरेन्द्रराज आचार्य, सुधाकर पाण्डेय, सांसद बृजेश कुमार गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपाल, धर्मबहादुर लाल श्रीवास्तव, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवलगायतका जनप्रतिनिधिहरुले अवलोकन गरी समस्याको बारेमा जानकारी लिएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome