शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप १,३८८ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु, २,२६० डिस्चार्ज

१३ भाद्र, २०७८ १७:०५ मा प्रकाशित

377 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ४२ हजार १९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख १२ हजार ७१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३५ हजार ७९६ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ५२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३२ हजार ७४४ जना होम आइशोलेसनमा रहेका छन् । ६२५ जना आईसियुमा १६७ जना भेन्टिलेटरमा उपचारारत छन् । ३४३ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome