शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

थप २,२९५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु, १,८०८ डिस्चार्ज

१४ भाद्र, २०७८ १८:०४ मा प्रकाशित

508 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २९५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ४२ हजार १९३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८०८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख १४ हजार ५२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३५ हजार ८७४ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ५४१ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३३ हजार ३३३ जना होम आइशोलेसनमा रहेका छन् । ५६८ जना आईसियुमा १६० जना भेन्टिलेटरमा उपचारारत छन् । ३३८ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७३० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome