शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा थुप्रिएको फोहोर तत्काल उठाउन प्रधानमन्त्रीको निर्देशन

१४ भाद्र, २०७८ १८:१५ मा प्रकाशित

717 पटक पढिएको

pm sher bahadur deuba

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर जतिसक्दो छिटो उठाउन महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन दिएका छन्।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई बोलाएर भेट गरेका थिए। भेटमा मेयर उपमेयरलाई फोहोर कसरी उठाउन सकिन्छ त्यो अनुसार प्रबन्ध गर्न निर्देशन दिएका थिए। ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले उनीहरुलाई भने।

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि फोहोर व्यवस्थापनमा समस्या भएको छ। केही समय अघि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो।

फोहर नउठ्दा काठमाडौंका सडक किनारामा जताततै फोहर हुँदा दुर्गन्ध फैलिएको छ। महानगरले दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन गर्दैआएको छ।

हाल फोहर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभि (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो। बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि समय–समयमा फोहर व्यवस्थापनमा समस्या आइरहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome