बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

कोरोनाविरूद्धको खोपको दोस्रो मात्रा लगाएको दुई घण्टामै एकको मृत्यु

१४ भाद्र, २०७८ १८:१८ मा प्रकाशित

741 पटक पढिएको

dead body

काठमाडौं – डोटीमा एकजना पुरूषको कोरोनाविरूद्धको खोपको दोस्रो मात्रा लगाएको केही घण्टामै मृत्यु भएको छ । शिखर नगरपालिका -२ घगडाका ५८ वर्षीय लाल बहादुर बोगटीको मृत्यु भएको हो ।

गाउँनजिकै रहेको खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएर घर गएको केही घण्टामै बोगटीको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धब बहादुर ठगुन्नाले बताए ।बिहान साढे आठ बजे उनले खोप लगाएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले जानकारी दिए। उनले भने, ‘बोगटीको मृत्यु सवा एघार बजे भएको हो ।’

खोप लगाएर घरमा गई खाना खाएर कोठामा आराम गरिरहेको समयमा उनको मृत्यु भएको हो । उनको मृत्य खोपका कारण नभएर अन्य कारणले भएको हुनसक्ने शाहले बताए ।

खोपको एक भाइल (सिसी) मा दुई डोज खोप हुन्छ, इकाइ प्रमुख शाहले भने, ‘उनलाई लगाएको भाइलबाट अर्को व्यक्तिलाई समेत लगाएको र अर्को व्यक्तिलाई कुनै किसिमको समस्या नदेखिएकाले खोपकै कारणले उनको मृत्यु भएको हो भन्न सकिदैन ।’

उनी दिर्घरोगी भएको र उनको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome