शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

एमालेका १२ सांसद समाजवादीमा, मुख्यमन्त्रीको पद असुरक्षित

१५ भाद्र, २०७८ १७:३७ मा प्रकाशित

662 पटक पढिएको

astalakshmi shakya

काठमाडौं – वागमती प्रदेशसभामा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् । राजेन्द्र पाण्डे, रमा आले मगर, लक्ष्मण लम्साल लगायत १२ सांसदले मंगलबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।

उनीहरुको सनाखतसँगै अब वागमती प्रदेशमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने निश्चितप्राय भएको छ । वागमती प्रदेशसभामा यसअघि नेकपाका ५६ सांसद रहेकोमा १२ सांसद एकीकृत समाजवादीमा प्रवेश गरेसँगै एमाले अल्पमतमा परेको छ ।

१२ सांसदमध्ये राजेन्द्र पाण्डे, कृष्ण खनाल, बसुन्धरा हुमागाईँ, बसन्त मानन्धर, रमा आले मगर लगायत सांसदले यसअघि नै आफूहरु नेकपा एकीकृत समाजवादीमा रहेको घोषणा गरेका थिए । मंगलबार उनीहरुले औपचारिक रुपमा निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । नेता राजेन्द्र पाण्डेका अनुसार भदौ २२ गतेसम्ममा एमालेमा रहेका अरु थप केही सांसदहरु समाजवादीमा प्रवेश गर्नेछन् ।

मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दावी गर्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गर्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार पाण्डेले मुख्यमन्त्रीमा दावी गर्ने भएका हुन् । उनले भने, ‘अब राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने तयारीमा हुनुहुन्छ ।’

हाल वागमती प्रदेशमा १०९ जना प्रदेशसभा सदस्य रहेकोमा एमालेका ५६ सांसद थिए भने तीमध्ये १२ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । यससँगै नेकपा एमाले प्रदेशसभामा अल्पमतमा परेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome