शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

६९ अंकले घट्यो नेप्से : दुई सय बढी कम्पनीको मूल्यमा गिरावट

१५ भाद्र, २०७८ १७:४० मा प्रकाशित

362 पटक पढिएको

stock market nepal

काठमाडौं – साताको तेस्रो दिन सेयर बजारमा ठूलो गिरावट आएको छ। मंगलबार ६९ अंकले बजार घटेको छ। नेप्से परिसूचक २.२७ प्रतिशत अर्थात् ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा झरेको छ। आज १३ अर्ब २५ करोड बराबरको कारोबार भयो।

नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि खुम्चेको छ। आइतबार १५ अर्ब ६५ करोड मूल्य बराबरको कारोबार भएको थियो। कारोबारमा आएका २२७ कम्पनीमध्ये २०० सय बढी कम्पनीको मूल्य घटेको छ। धेरैभन्दा बढी रुरु जलविधुत कम्पनीको शेयर मूल्य ९.९ प्रतिशतले घटेको छ। माउन्टेन हाइड्रोपावर नेपालको ७.७६ प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको ६.९२ प्रतिशतले घटेको छ।

कारोबारमा आएमा समूहमध्ये जीवन बीमा समूहको ४४७ अंकले घटेको छ। निर्जीव विमा समूह ३७२ अंक, विकास बैंक समूह २०५ अंक, लगानी समूह १०५ अंक, जलविद्युत समूह १२४ अंक, माइक्रोफाइनान्स समूह १६४ अंक र व्यापार समूह १०६ अंकले घटेको छ।

नेप्सेका अनुसार कर्णाली विकास बैंकको शेयर मूल्य सबैभन्दा बढी ७ प्रतिशतले बढेको छ। मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य ६ प्रतिशत र सर्पोट लघुवित्तको शेयर मूल्य ५ प्रतिशतले बढेको छ।

कारोबारमा आएका १३ समूह रातो देखिएको बजारमा २२७ कम्पनीको दुई करोड ३१ लाख कित्ता शेयर १३ अर्ब २६ करोड रुपैयाँमा कारोबार भयो। मंगलबार अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले भने लगानीबाट फाइदा उठाएका छन्।

यो कम्पनीको सबैभन्दा बढी एक अर्ब १ करोड, ५ लाख बराबरको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ४९ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome