सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

विवेकशील साझाका अध्यक्ष र संयोजकको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक

१५ भाद्र, २०७८ १७:५९ मा प्रकाशित

365 पटक पढिएको

bibeksheel sajha party nepal

काठमाडौं – विवेकशील साझाका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन्। अध्यक्ष रविन्द्र मिश्रले बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि सोही दिन छुट्टै बैठक बोलाएका हुन्।

मिश्रले मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बस्ने जानकारी गराएका थिए। तर बैठक एकिकरणको सम्झौताविपरित भएको भन्दै पाण्डेले त्यसलाई रोक्न आग्रह गरेका थिए। तर, पाण्डेले पनि बिहीबार बिहान ११ बजे छुट्टै बैठक बोलाएका छन्।

‘विवेकशील साझा पार्टीको विधानको दफा २० ९१०० अनुरूप यस अघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेन्डा तय गरिने गरिएको व्यहोरा यहाँमा अवगत नै छ । यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले उहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ ९३० ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु,’ पाण्डेले पत्रमा लेखेका छन्।

पाण्डेले बोलाएको बैठकमा बैठक सञ्चालन कार्यविधि, विधान कार्यदलले पेस गरेको पार्टीको विधान मस्यौदामाथि छलफल गरी पारित गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशालाको स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारे, समसामयिक राजनीतिक प्रस्ताव ,एकताको महाधिवेशनबारे, पार्टी प्रवक्ता नियुक्ति, पार्टी सङ्गठन सुदृढीकरण अभियानको लागि कार्यदल गठन गर्ने, प्रमुख राष्ट्रिय मुद्दा (युवाका मुद्दा, सूचनाको हक, नोट चल्ने भोट नचल्ने आदि) हरुमा अभियान सञ्चालन गर्ने जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome