बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

आर्यघाटमा जलाउन लागेको शव प्रहरी नियन्त्रणमा, एक पक्राउ

१९ श्रावण, २०७७ १६:४८ मा प्रकाशित

519 पटक पढिएको

culprit in custody

काठमाडौं – महानगरिय प्रहरी परिसर ललितपुरले गोदवरी नगरपालिका छम्पी ९ का २९ बर्षिय सन्तोष नेपालीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सन्तोषले आफ्नो बुवाको कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको बेला प्रहरीलाई शंका लागि शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको हो ।

ललितपुरले गोदावरी नगरपालिका–छम्पी ९ का ५० वर्षीय रामकृष्ण नेपालीको शव पशुपति आर्यघाटमा हतार हतार जलाउने तयारी हुँदै गर्दा नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसरका प्रमुख टेक प्रसाद राइले बताउनु भयो ।

गत श्रावण १५ गतेका दिन आरोपी सन्तोषका अनुसार आफ्नी श्रीमतीको र बुवाको अनैतिक सम्बन्धबारे शंका लागेपछि सोधपुछ गर्ने क्रममा झगडा हुँदा कुटपिट भएको र उपचारको लागि सैनिक अस्पताल छाउनी लगिएकोमा १७ गतेका दिन बुवा रामकृष्ण नेपालिको मृत्यु भएको थियो ।

मृतक रामकृष्ण नेपाली ज्यामी मजदुरी गर्दै परिवार पाल्दै आएका थिए भने उनका श्रीमतीको दुई बर्ष अघि क्यान्सर रोगका कारण मृत्यु भएको थियो । मृतकका कान्छा छोरा अभियुक्त सन्तोष नेपाली घरमा रङ्ग लगाउने काम गर्दै आइरहेका थिए ।

प्रहरीले हत्याको आशंकामा रामकृष्णका कान्छा छोरा सन्तोष नेपालीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome