शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप २,०५२ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु, ३,०३० डिस्चार्ज

१६ भाद्र, २०७८ १७:४६ मा प्रकाशित

775 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २०४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख १९ हजार ३३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३४ हजार १८९ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ३७७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३१ हजार ८१२ जना होम आइशोलेसनमा रहेका छन् । ५६३ जना आईसियुमा १७० जना भेन्टिलेटरमा उपचारारत छन् । ३११ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome