सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०,७५० पुग्यो

१९ श्रावण, २०७७ १६:५२ मा प्रकाशित

717 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ सहित नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षण अनुसार काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा ३ जना कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार २४६, शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome