आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

८० लाखको यार्सागुम्बासहित काठमाडौंबाट चारजना पक्राउ

१८ भाद्र, २०७८ १८:१६ मा प्रकाशित

643 पटक पढिएको

yarsagumba

काठमाडौं – महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चारजनालाई पक्राउ गरेको छ । अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौंको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएका काठमाडौंको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, सोही जिल्ला घर भई बानियाटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका दानबहादुर जिसी रहेका छन् ।

गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो । पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि शुक्रबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

उनीहरुको साथबाट एक किलो ८५० ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome