सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन, १० जना पक्राउ

१८ भाद्र, २०७८ १८:१७ मा प्रकाशित

448 पटक पढिएको

protest against mcc

काठमाडौं – एमसीसीको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि युवाहरुले प्रदर्शन गरेका छन्। एमसीसी खारेज राष्ट्रिय अभियानको नामबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अभियानका संयोजक निर्ग जैसी (नवीन)का अनुसार आफूसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेको भन्दै प्रहरीले पक्राउ गरेको हो। जैसी माओवादी केन्द्रसम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हुन्।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)की उपाध्यक्ष फातिमा जेड सुमार आगामी साता नेपाल आउँदैछिन्। काठमाडौँमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

एमाले उपाध्यक्ष भीम रावलले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका छन्। उनले सरकार जनअनुमोदित नभएकाले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश नभएको दाबी गरे। ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ। सरकार जनअनुमोदित होइन।’उनले ट्वीटमार्फत लेखेका छन्, ‘देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि पुन: एमसीसीको चर्चा र उपाध्यक्ष फाति आउन लागेसँगै युवाहरु आन्दोलित हुन थालेका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome