शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

अमेरिकामा शक्तिशाली आँधीका कारण कम्तिमा ४६ जनाको मृत्यु

१८ भाद्र, २०७८ १८:२६ मा प्रकाशित

755 पटक पढिएको

ida flooding

काठमाडौं – अमेरिकाको विभिन्न प्रान्तमा आएको शक्तिशाली आँधीका कारण कम्तिमा ४६ जनाको मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार मुलुकको उत्तरी क्षेत्रमा आएको आँधीहुरीमा कम्तिमा ४६ जनाको मृत्यु भएको हो ।

धेरैजसोलाई आफ्नै सवारी साधनभित्र मृत अवस्थामा भेटिएको अधिकारीहरूले बताएका छन्। गन्तव्यतर्फ जाने क्रममा एक्कासी आएको आँधी र बाढीमा परेर आफ्नै सवारी साधनभित्रै ज्यान गुमाउनु परेको ती अधिकारीहरूले बताएका छन् ।

‘हामी जति सक्दो चाँडो सबै मृतकको खोजी र विवरण राख्ने प्रयत्नमा छौँ’, एक अधिकारीले बिहीबार जानकारी दिने क्रममा भने। थोरै स्थानमै मृतकहरू रहेकाले ती क्षेत्रमा खोजी कार्य केन्द्रित गरिएको ती अधिकारीले बताए ।

मेरिल्यान्ड, न्यू जर्सी, न्यूयोर्क तथा भर्जिनियालगायतका राज्यमा आँधीसँगै आएको बाढीले मानवीय क्षति भएको बताइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome