सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

लामो समयपछी कोरोनाका कारण मृत्यु हुनेको संख्या १ अंकमा

१९ भाद्र, २०७८ १७:३१ मा प्रकाशित

566 पटक पढिएको

corona patient dies

काठमाडौं – लामो समयपछी कोरोनाका कारण मृत्यु हुनेको संख्या १ अंकमा अर्थात १० भन्दा कम संख्यामा झारेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २६८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ५३ हजार २३२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख २५ हजार ६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३१ हजार ८२६ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार १६८ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २९ हजार ६५८ जना होम आइशोलेसनमा रहेका छन् । ५५४ जना आईसियुमा १७२ जना भेन्टिलेटरमा उपचारारत छन् । २७४ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome