आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

चीनसँग सीमा विवाद छैन, सरकारले सम्बन्ध बिगार्‍यो : ओली

१९ भाद्र, २०७८ १७:४० मा प्रकाशित

455 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले चीनसँग कुनै सीमा विवाद नभएको भन्दै वर्तमान सरकारले अनावस्यक रुपमा चीनसँग तनाब सिर्जना गरेको आरोप लगाएका छन् ।

‘यो सरकारलाई म चुनौती दिएर भन्न चाहन्छु । चीनसँग कुनै सीमा विवाद छैन । यो सरकारले चीनसँगको सम्बन्ध तनाबग्रस्त बनाउँदै गएको छ । कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो ?’ नेता ओलीले भनेका छन् ‘यो सरकारलाई म चुनौती दिन चाहन्छु । यो समितिले चीनसँग सीमा विवाद भएको देखाओस् । भारतसँगको सम्बन्ध तनाबग्रस्त बनाउँदै लगेको छ । चीनसँगको सम्बन्ध तनाबग्रस्त बनाउँदै लगेको छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले यसअघि नै हुम्ला जिल्लास्थित चीनसँग सीमा क्षेत्रमा समस्या उत्पन्न भएको भन्दै अध्ययन टोली बनाएको थियो । चीन सरकारले भने नेपालसँग सीमा विवाद नभएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

सोही प्रसंग कोट्याउँदै पूर्वप्रधानमन्त्री केपी ओलीले चीनसँग यस सरकारले अनावस्यक रुपमा तनाब उत्पन्न गर्न खोजेको आरोप लगाए । शनिबार राजधानीमा आयोजित महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेता ओलीले यस्तो बताएका हुन् ।

यस्तै उनले एमसीसीबारे यो सरकार नबोलेको भन्दै असन्तुष्टि व्यक्त गरे । एमसीसीबारे नबोलेको र जनतालाई नझुक्याउन समेत आग्रह गरे । ‘शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नु पर्दैन एमसीसी के गर्ने ? हिजो साइन गर्नुभएको थियो त ! उहाँहरु चुपचाप हुनुन्छ ।’

यस्तै उनले विकास हुन्छ भन्ने डरले आफूले शिलान्यास गरेका दुई सय वटा सडक ठेक्का रद्ध गरेको आरोप लगाए । साथै एमाले कसैको बैसाखी टेक्ने पार्टी नभएको समेत उनको भनाइ थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै उनले एक्ला एक्लै चुनाव लडे उनीहरुको जमानत जफत हुने चेतावनी दिए । आगामी चुनावपछि एमालेको एकलौटी सरकार बन्ने समेत उनले ठोकुवा गरे । ‘एमाले कसैसँग बैसाखी टेक्ने पार्टी होइन । हामी जनताको बीचमा जाँदा अरुलाई गाली गरेर होइन काम लिएर जान्छौँ’ उनले भने ।

वर्तमान सरकारलाई उनले ‘गरिबमारा सरकार’ भएको समेत आरोप लगाएका थिए । सुकुम्बासी आयोग खारेज गरेकोमा असन्तुष्टि पोख्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई गरिबमारा सरकार भएको आरोप लगाए । ‘यो सरकारले गरिबमाथि बञ्चरो चलायो । त्यसपछि सरकारले विकास निर्माणका काम भत्काउन थाल्यो’ नेता ओलीले भने । साथै यस सरकारले कुनै रचनात्मक काम नगरेको पनि उनको आरोप थियो ।

एमाले अध्यक्ष ओली अस्वस्थ, भेटघाट बन्द

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई शुक्रबार बेलुकादेखि ज्वरो आएको हो।

ओली बालकोटस्थित निवासमै आराम गरिरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए। ‘उहाँलाई हल्का ज्वरो आएको छ।’ उनले भने,‘अस्वस्थ भएकाले राजनीतिक भेटघाट र कार्यक्रममा केहि दिन सहभागी हुनुहुन्न ।’ बजगाईंका अनुसार ओली अस्वस्थ भएपछि सघन प्रकृतिका भेटघाटसमेत बन्द गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome