सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

भत्ता बुझ्‍न गएका वृद्धको ढुंगाले लागेर घटनास्थलमै मृत्यु

१९ श्रावण, २०७७ १७:०५ मा प्रकाशित

334 पटक पढिएको

dead body

फिदिम – भीरबाट झरेको ढुंगाले लागेर फिदिम नगरपालिका ११ का ८२ वर्षीय हरीप्रसाद श्रेष्ठको सोमबार बिहान मृत्यु भएको छ । मृतक श्रेष्ठको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्ष सिद्धराज न्यौपानेले जानकारी दिए ।

सेजेपाको भीरबाट झरेको ढुंगा श्रेष्ठको टाउकोमा बज्रीँदा उनको घटनास्थलमै मृत्यु भएको हो । श्रेष्ठको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल फिदिम ल्याइएको छ ।

वृद्धाभत्ता थाप्न आइतबार श्रीमतीसँग फिदिम आएका श्रेष्ठ घर फर्कने क्रममा साँझ परेपछि आफन्तकोमा बास बसेका थिए । बिहान सबेरै उठेर घर जाने क्रममा भीरबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome