बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

वामदेवले दिए नेकपा एमालेबाट राजीनामा

१९ भाद्र, २०७८ १७:५८ मा प्रकाशित

344 पटक पढिएको

politician bamdev gautam

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाएका हुन् ।

वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै गौतमले राजीनामा दिएको उनका स्वकिय सचिव दीपक टमाटाले जानकारी दिए । नेता गौतमले यसअघि नै एमाले विभाजित भएपछि केपी ओलीसँगै पार्टीमा रहन नसक्ने प्रतिक्रिया दिएका थिए । शुक्रबार साँझ नेता गौतम आफैँ पार्टी कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

राजीनामापत्रमा नेता गौतमले अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशालाई पालना नगरेको र साझा घोषणा लागु नगरेको गुनासो गरेका छन् । साथै सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको राजनामापत्रमा उल्लेख छ । साथै अध्यक्ष ओलीले पार्टीका बिचार सिद्धान्त र कार्यदिशा पालना नगरेको गौतमले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome