शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

आर्थिक विकासको लागि चिनियाँ सहयोगको भरमा तालिबान

१९ भाद्र, २०७८ १८:०२ मा प्रकाशित

342 पटक पढिएको

zabihullah mujahid

काठमाडौं – तालिबानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले आर्थिक पुनरागमनको लागि आफूहरु चिनियाँ कोषको भर परेको बताएका छन् ।

बिहीबार एक इटालीयन समाचारपत्रसँग प्रवक्ता मुजाहिदले आर्थिक सहयोगका लागि आफूहरु प्राथमिक रुपमा चिनियाँ कोषको भर परेको बताएका हुन् ।

‘अफगानिस्तानको आर्थिक पुनरागमनको लागि हामी चीनसँग सहयोगमा मात्र अघि बढ्नेछौँ’ अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो र हाम्रो लागि चीनले आधारभुत र उल्लेखनीय अवसरहरु प्रदान गरेको छ । हाम्रो राष्ट्र पुनर्निर्माणमा लगानी गर्न चीन तयार छ ।’

तालिबान प्रवक्तासँगको अन्तर्वार्ता इटालीयन समाचारपत्र ला रिपब्लिकामा बिहीबार प्रकाशित भएको थियो । तालिबानले अगष्ट १५ मा अफगानिस्तान आफ्नो कब्जामा लिएको थियो ।

करिब २० वर्ष लामो समयसम्म अफगानिस्तानमा आफ्ना सेना परिचालन गरेका पश्चिमा मुलुकहरु आफ्नो मिसन समाप्त गर्दै अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भइसकेका छन् । तालिबानको नेतृत्व सुरु भएपछि अफगानिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष सहित अमेरिकाले पनि सहयोग रोकेको छ। जसले गर्दा नियमित अर्थतन्त्र समेत सञ्चालन हुन सकेको छैन ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा चाँडै नै भोकमरी र आर्थिक संकट छाउने घोषणा गरिसकेको छ । अलजजिराका अनुसार पश्चिमा मुलुकहरुले अफगानिस्तानको विकासका लागि तालिबानलाई सहयोग नगर्ने बताइरहेका छन् । यद्यपि संयुक्त राष्ट्रसंघले अफगानिस्तानको मानवीय सहयोग स्वरुप १.३ बिलियन डलर आर्थिक सहयोग गर्न अपिल गरिरहेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome