मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

भोजपुरमा एक ६५ वर्षीय वृद्ध वडाध्यक्षबाट कुटिए

१९ श्रावण, २०७७ १७:०९ मा प्रकाशित

325 पटक पढिएको

fight illustration

भोजपुर – जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ। उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पीडित कार्कीको आरोप छ । कार्की षडानन्द नगरपालिकाको दिङ्लाबजारदेखि घर जाने क्रममा गत शनिबार कुटिएका थिए। पीडित कार्कीको छाती, हात र खुट्टामा चोटपटक लागेर गम्भीर घाइते भएको उनकी श्रीमती इन्दिरा कार्कीले बताइन्।

यता वडाध्यक्ष बुडाथोकीले बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र सामान्य विवाद मात्र भएको स्वीकारेका छन् । विवादपछि ठेलाठेल हुँदा दुवैलाई सामान्य चोटपटक पनि लागेको उनले बताए । वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिइ पीडित कार्कीको परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि पीडित कार्कीलाई थप उपचारका लागि विराटनगर पठाइएको पारिवारिक स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome