सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

छिमेकी राष्ट्रका प्रधानमन्त्रीको विरुद्ध नाराबाजी, जुलुस र पुत्ला दहन नगर्न गृहको आग्रह

२० भाद्र, २०७८ १६:०७ मा प्रकाशित

416 पटक पढिएको

ministry of home affairs nepal

काठमाडौं – गृह मन्त्रालयले छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी नगर्न अनुरोध गरेको छ। गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति गम्भीर आपत्ति भएको जनाएको छ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’

नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। मित्र राष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न मन्त्रालयले आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ।’

शनिबार दार्चुला तुइन प्रकरण र अनधिकृत रुपमा नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडान गरेको विषयलाई लिएर युवाहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए। सोहि घटनापछि मन्त्रालयले मोदीको नाम नलिई नाराबाजी, जुलुस प्रदर्शन र पुत्ला दहन गरेकोप्रति आपत्ति प्रकट गरेको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome