शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

महालक्ष्मी बैंक प्रकरण : नक्कली दाबी गरिएको २५ तोला सुन फिर्ता

२० भाद्र, २०७८ १६:२९ मा प्रकाशित

312 पटक पढिएको

mahalaxmi bank

काठमाडौं – ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी बैंकको शाखाले नक्कली भन्दै फिर्ता दिन नमानेको २५ तोला सुन फिर्ता गरेको छ ।

ललितपुरकी विष्णु महर्जनले २०७२ फागुनमा ऋण लिँदा राखेको धितो बराबरको २५ तोला सुन फिर्ता पाएकी छन् । ६ वर्षपछि साँवा र ब्याज चुक्ता गरेर महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखासँग धितो फिर्ता माग्दा बैंकले नक्कली रहेको भन्दै फिर्ता दिन मानेको थिएन ।

तर नेपाल राष्ट्र बैंक र प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि बैंकले सुन फिर्ता दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्न समय लागेको भन्दै धितो फिर्ता गरिएको बताएको छ ।

बैंकबाट १४ लाख ऋण लिएबापत उनले सुन धितो राखेकी थिइन् । त्यही सुन नक्कली भएको दाबी बैंकले ६ वर्षपछि गरेको थियो ।

तर विवाद प्रहरी र राष्ट्र बैंकसम्म पुगेपछि बैंकले रकम फिर्ता गरेको हो । यसअघि बैंकले किन धितो नक्कली दाबी गरेको थियो भन्ने खुलेको छैन ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome