बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

बालबालिकाका लागि एक करोड कोरोनाविरुद्धको खोप भित्र्याइँदै

२० भाद्र, २०७८ १८:२२ मा प्रकाशित

524 पटक पढिएको

corona vaccine

काठमाडौं – बालबालिकाका लागि एक करोड मात्रा कोरोनाविरुद्ध खोप ल्याउने प्रक्रिया अघि बढिसकेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि मोर्डना ४० लाख मात्रा र फाइजर ६० लाख मात्रा ल्याउने प्रक्रिया अघि बढिसकेको बताए ।

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको वार्षिक बैठक सन्दर्भमा जानकारी दिन स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले भने, ‘बालबालिकाका लागि मोर्डना ४० लाख मात्रा र फाइजर ६० लाख मात्रा खोप ल्याउने प्रकिया अघि बढिसकेको छ । मोर्डनाको पैंसापनि भुक्तानी गरिसकेका छौं ।’

खोपविज्ञ डा.श्यामराज उप्रेतीका अनुसार १२ देखिमाथि उमेर समूहलाई खोप दिने मिल्ने बताए। उनले भने,’ फाइजर र मोर्डना खोप १२ वर्षदेखि माथि उमेर समूहका सबैलाई दिन मिल्छ। उनका अनुसार १२ वर्षभन्दा कम उमेर समूहमा पनि परीक्षण भइरहेको छ।

आगामी असोज मसान्तसम्म दुई करोड ५ लाख मात्रा खोप ल्याउने सरकारको योजना छ । उनले अबको एक हप्ताभित्र ४४ लाख मात्रा भेरोसील खोप आउने सुनिश्चितता भइसकेको बताए ।

राज्यमन्त्री श्रेष्ठले ५ करोड ५० लाख मात्रा खोप आवश्यक पर्ने भन्दै योजनाअनुसार एक करोड चार लाख मात्रा खोप लगाइसकिएको जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome