बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

थप १,८९७ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु, १,७४३ डिस्चार्ज

२१ भाद्र, २०७८ १७:०० मा प्रकाशित

676 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार २१८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख २८ हजार ९२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३० हजार ९७३ जना सक्रीय संक्रमित रहेका छन् । २ हजार ६२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २८ हजार ९११ जना होम आइशोलेसनमा रहेका छन् । ५१२ जना आईसियुमा १६३ जना भेन्टिलेटरमा उपचारारत छन् । २६० जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome