शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

२१ भाद्र, २०७८ १७:११ मा प्रकाशित

610 पटक पढिएको

murder graphics

काठमाडौं – संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए।

सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताए ।

अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वको टोली तालिम प्राप्त कुकुरसहित आउने क्रममा रहेको घटनास्थलबाट इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

प्रहरी निरीक्षक खतिवडाले भने, ‘एकै परिवारको शव यत्रतत्र छरिएको अवस्था छ ।’ घटनका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनास्थल सुरक्षित राखिएको छ, टोली आएपछि घटनामा संलग्न र घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने उनले बताए।

घटना भएको घरमा रहेका ८५ वर्षीय बौदमान कार्की भने सकुशल नै छन् । बेलुका खाना खाएर सुतेको र बिहान छिमेकीले घटनाबारे जानकारी दिएपछि मात्र घटनाबारे जानकारी पाएको वृद्धा कार्कीले बताएको प्रहरीले जनाएको छ ।

वृद्ध कार्की कान कम सुन्ने भएकाले घटनाका बारेमा थाहा नपाएकी हुन् । उनीकी श्रीमती ८४ वर्षीया पार्वता कार्की भने घरैमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।५८ वर्षीय छोरा तेजबहादुर कार्कीको शव घर नजिकैको सडकमा भेटिएको हो ।

तेजबहादुरकी ५२ वर्षीय कमला र बुहारी ३२ वर्षीया रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको हो। नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव करिब ५ सय मिटर घरमाथिको खरबाखरीमा भेटिएको प्रहरी निरीक्षक खतिवडाले बताए ।

बौदमान कार्कीका १० परिवारमध्ये ६ जनाको हत्या भएको हो। घरमा रहेका बौदमान सकुशल नै छन् । उनका नाती मृतक रञ्जनाका श्रीमान रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियमा छन् ।

अर्का नाती नरेश रोजगारीका लागि दुवइमा छन् । नरेशकी श्रीमती तारा भने झापामा बस्दै आएको आफन्तले जनाए । घटनाको कारणबारे खुल्न सकेको छैन।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome