शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

थप १,६७७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु, २,०७२ डिस्चार्ज

२३ भाद्र, २०७८ ०८:१३ मा प्रकाशित

247 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार ८९५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ३१ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३० हजार ३०३ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ९८९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २८ हजार ३१४ जना होम आइशोलेसनमा रहेका छन् । ५१४ जना आईसियुमा १५४ जना भेन्टिलेटरमा उपचारारत छन् । २५८ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome