सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

एमालेबाट निष्कासित १४ सांसद उपस्थित भए संसद चल्न दिन्नँ : ओली

२३ भाद्र, २०७८ १६:१७ मा प्रकाशित

440 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्कासन गरिएका १४ सांसद उपस्थित भए सदन चल्न नदिने बताएका छन्। संसदीय दलको बैठकमा एमाले संसदीय दलका नेता समेत रहेका ओलीले साउन २५ गते निष्कासन गरेकाहरु संसद बैठकमा उपस्थित हुन नमिल्ने बताए।

उनले भने, ‘साउन २५ गते निस्कासन गरेका १४ जना जसले लामो समयसम्म पार्टीमा गुटबन्दी गरे। यदि गैरसांसदको उपस्थिति हुन्छ भने कुनै पनि हालतमा गैरकानूनी ढंगले सदन प्रारम्भ हुनै सक्दैन।’ उनले कपटपूर्ण ढंगले अधिवेशन अन्त्य गरिएको बताए। ‘अराजनीतिक ढंगले पार्टी फुटाउने षड्यन्त्र गरियो। यो विल्कुल गलत ढंगले आयो।’ उनले भने, ‘गैर सांसद उपस्थित भएपछि कसरी सदन चल्छ ? ’

उनले सभामुख अग्नी सापकोटाले किर्ते काम गरेको भन्दै सभामुखको भुमिकाप्रति प्रमुख प्रतिपक्षविरुद्ध खुलेर लागेको बताए। उनले भने, ‘सभामुख गठबन्धनको मतियार बन्नुभयो। सभामुखको टेबलबाट षड्यन्त्र भएको छ।’ ओलीले सभामुखले एमाले विरोधी गतिविधी गरेको र गठबन्धनको पक्षमा खुलेर लागेको आरोप लगाए।

गैरसांसदलाई संसद‍ बैठकमा बस्न दिए एमालेमा आएवापत कारवाहीमा परेका माओवादीबाट चुनाव जितेका सांसदलाई पनि फर्काउनु पर्ने उनले बताए। माओवादीले कारबाही गरेको पत्र पठाएको ४८ घण्टामै लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहको सांसद पद रिक्तको सूचना सभामुखले सार्वजनिक गरेका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome