सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप १,६४० जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु, २,१६१ डिस्चार्ज

२३ भाद्र, २०७८ १६:३७ मा प्रकाशित

362 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ५९ हजार ५३५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १६१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ३३ हजार १६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २९ हजार ४७९ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ७८९ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २७ हजार ६९० जना होम आइशोलेसनमा रहेका छन् । ४८८ जना आईसियुमा १४० जना भेन्टिलेटरमा उपचारारत छन् । २५६ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome