आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

थप १,२७१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु, १,८४५ डिस्चार्ज

२४ भाद्र, २०७८ १७:०१ मा प्रकाशित

644 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ६० हजार ८०६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ८४५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ३५ हजार ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २८ हजार ६७८ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ७९२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २६ हजार ८८६ जना होम आइशोलेसनमा रहेका छन् । ४५८ जना आईसियुमा १३९ जना भेन्टिलेटरमा उपचारारत छन् । २६१ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९०३ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome