बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

फातिमालाई ओलीको जवाफ : एमसीसी पास गर्ने-नगर्ने जिम्मा सरकारको

२४ भाद्र, २०७८ १७:१५ मा प्रकाशित

534 पटक पढिएको

mcc representative fatima sumar

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा ओलीले बिहीबार यस्तो बताएका हुन् । ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका थिए।

‘विगतमा हामी सरकारमा छँदा एमसीसी अनुमोदन गर्न इमान्दार प्रयास गरेकै हौँ । तत्कालीन सभामुखले संसदमा पेस नगरिदिँदा अघि बढ्न सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । यसमा प्रतिपक्षीको प्रत्यक्ष भूमिका हुँदैन । सरकारले के कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ । अहिलेसम्म हामीसँग सल्लाह समेत गरेको छैन,’ एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै भने। भट्टराईका अनुसार सरकारले यसबारे आफूहरुसँग परामर्श गर्नुपर्ने पनि ओलीको धारणा थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome