शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सैन्य गठबन्धनसँग एमसीसीको सम्बन्ध छैन : अमेरिका

२४ भाद्र, २०७८ १७:२१ मा प्रकाशित

595 पटक पढिएको

mcc

काठमाडौं – अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अमेरिकी सैन्य गठबन्धनबीच सम्बन्ध नरहेको जनाएको छ ।

नेपाल सरकारले एमसीसीबारे यसअघि सोधेका प्रश्नको बुँदागत रुपमा जवाफ दिँदै अमेरिकी सरकारले मिलेनिएम च्यालेन्ज ऐन, २००३ ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको जनाएको छ ।

यसअघि भदौ १८ गते नेपाल सरकारले अमेरिकी दूतावास मार्फत अमेरिकालाई एमसीसीबारे प्रश्न गरेको थियो । अमेरिकी सरकारले बुधबार पत्राचार गर्दै भनेको छ ‘एमसीसी र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीति बीच कुनै सम्बन्ध छैन । एमसीसीको प्रक्रिया वैधानिक रूपमा निर्धारित मापदण्डहरूमा आधारित छ जसमा सैन्य पक्ष समावेश हुँदैन ।’

नेपाल सरकारले एमसीसीलाई सैन्य रणनीतिको एक अंश भएको भन्दै यसबारे प्रष्ट पार्न सोधेको प्रश्नको जवाफमा अमेरिकी सरकारले यस्तो जवाफ पठाएको हो । विभिन्न राजनीतिक दलका नेताहरुले एमसीसीलाई अमेरिकी सैन्य रणनीतिसँग जोडेर प्रश्न गरिरहेका बेला अमेरिकी सरकारले यस्तो जवाफ पठाएको हो।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome