आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

एमाले सांसदद्वारा संसदमै टेबुल तोडफोड

२५ भाद्र, २०७८ १६:४७ मा प्रकाशित

599 पटक पढिएको

riot in parliament nepal

काठमाडौं – नेकपा एमालेका सांसदहरुले संसदमा टेबुल तोडफोड गरेका छन् । सांसदहरुले संसदमा विधेयक टेबुल हुने क्रम चलिरहेका बेला संसदमा टेबुल तोडफोड गरेका हुन् ।

सांसदहरुले पार्टी फुटाउन पाइदैन, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी समेत गरेका थिए । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी हुँदा टेबल भाँचिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गर्ने क्रममा सांसद र मर्यादापालकबीच ठेलाठेल भएको हो।

दिउँसो १ बजेबाट सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोध गर्दा दुईपटक स्थगित भएको छ। अवरोधकै बीच दुईवटा अध्यादेश पेश भएका छन्।

एमालेको अवरोध: संसद चल्दै-स्थगित हुँदै

एमाले सांसदहरुले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक नियमित संचालन हुन सकिरहेको छैन। शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको बैठक अहिलेसम्म दुईपटक १५/१५ मिनेटका लागि स्थगित भएको छ।

अवरोधका बीच बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक अध्यादेश २०७८ पारित भएको छ। अर्थमन्त्री शर्माले सो विधेयक निर्णयार्थ पेश गरेका थिए।

यस्तै, संसद अवरोधका बीच सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई ‘राष्ट्रिय ऋण उठाउने अध्यादेश २०७८’ लाई अस्वीकार गरियोस् भनी सूचना प्रस्‍तुत गर्न आग्रह गरे। तर, सुवालले वातावरण तयार गर्न आग्रह गर्दै अस्वीकार प्रस्ताव पेश गर्न मानेनन्। यद्यपि सभामुखले भने सो प्रस्ताव अस्वीकृत गर्दै पारित गरे।

एमालेका सांसदहरुले बैठक अवरोध गरिरहेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome