शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

१६ खर्ब ३२ अर्बको संशोधित बजेट संसदमा

२५ भाद्र, २०७८ १७:०४ मा प्रकाशित

696 पटक पढिएको

parliament nepal

काठमाडौं – नेकपा एमालेका सांसदहरुको नारावाजी र अवरोधका बावजुद संसदले बजेट प्रतिस्थापन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट पेश गरेका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट पेश गरेको थियो । यससँगै वर्तमान सरकारले अघिल्लो बजेटको तुलनामा १५ अर्ब कम आकारको बजेट पेश गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा ‘आर्थिक अध्यादेश, २०७८ ’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ र ‘विनियोजन अध्यादेश, २०७८’ पेस गरेका थिए । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भएको थियो । लगत्तै दोस्रो बैठकमा पनि एमाले सांसदहरुले संसद अवरोध गरे । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई आर्थिक अध्यादेश पेश गर्ने समय दिएका थिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome