शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

एमसीसी संशोधन सहित पारित गर्नुपर्छ : नेकपा एमाले

२६ भाद्र, २०७८ १८:०४ मा प्रकाशित

699 पटक पढिएको

ncp uml office

काठमाडौं – नेकपा एमालेले अमेरिकी परियोजना एमसीसी संशोधन सहित पारित हुनुपर्ने जनाएको छ ।

एमाले स्थायी समिति सदस्य योगेश भट्टराईले नेपालको हित अनुकुल संशोधन सहित एमसीसी अनुमोदन हुनुपर्ने बताए । उनले सत्तागठबन्धनले संसदमा एमसीसी पेस गर्दा कस्तो अवस्थामा प्रस्तुत गर्ने अझै स्पष्ट नभएको बताए । ललितपुरको च्यासलमा शनिबार बसेको स्थायी समिति बैठकपछि पत्रकारहरुसँग उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सत्तागठबन्धनले संसदमा एमसीसी पेस गर्दा कस्तो अवस्थामा प्रस्तुत गर्नुहुन्छ, जस्ताको त्यस्तै प्रस्तुत गर्नुहुन्छ कि संशोधन सहित प्रस्तुत गर्नुहुन्छ । अझै क्लिएर छैन ।’ उनले एमसीसीबारे एमाले संसदीय दलमा व्यापक छलफल भएको पनि बताए ।

भट्टराईले भने, ‘नेकपा हुँदा तीन सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले केही सुझाव समेटेर संसोधन सहित एमसीसी अघि बढाउने सुझाव दिएको थियो । एमसीसी सम्झौतामा भएका कतिपय बुँदालाई पुर्नव्याख्या गर्ने र नेपालको हित अनुकुल हुनुपर्छ भन्ने थियो । आवश्यक संशोधन गरेर अगाडि बढाउने त्यो बेलाको निर्णय हो । अहिले पनि हाम्रो पार्टीको निर्णय कायम छ । सरकारको पोजिसन के हो हेर्न जरुरी छ ।’

फरक प्रसंगमा भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष नभएको बताएका छन् । स्थायी कमिटीका निर्णय सार्वजनिक गर्दै उनले सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको बताएका छन् । उनले भने, ‘सभामुख पार्टी विभाजनमा भूमिका खेल्नुभयो । संसदको नेता हो सभामुख । उहाँ सत्ता पक्षको सदस्यकका रुपमा भूमिका खेल्नुभयो ।’

उनले सभामुख नेकपा एमाले विभाजनमा सत्तापक्षीय देखिएको बताए । उनले भने, ‘सभामुख ज्यूले चित्तबुझ्दो जवाफ दिनुभएको छैन । उहाँ संवादमा आउन चाहनुभएको छैन । सभामुखको व्यवहार निष्पक्ष भएन । उचित हल दिने जिम्मा सभामुख हो । हामीले विधिको प्रश्न उठाएका हौँ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome