शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु, १,४२३ डिस्चार्ज

२७ भाद्र, २०७८ १६:४८ मा प्रकाशित

496 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ९११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ३९ हजार ४५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ७५७ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ५८६ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २५ हजार १७१ जना होम आइशोलेसनमा रहेका छन् । ४५४ जना आईसियुमा १४० जना भेन्टिलेटरमा उपचारारत छन् । ३२१ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome