शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुखले गरे सर्वदलीय बैठकको आह्वान

२७ भाद्र, २०७८ १६:५६ मा प्रकाशित

592 पटक पढिएको

agni sapkota

काठमाडौं – संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । आइतबारको संसद बैठक स्थगित गरेपछि संसद भवनमै उनले सर्वदलीय बैठक बोलाएका हुन् ।

संसद बैठकमा एमाले सांसदहरुले निरन्तर अवरोध गरेपछि सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजेका लागि बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

संसद गतिरोध सभामुखबाटै भएको हो: नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद गतिरोधको अनिश्चितता सभामुखबाटै भएको बताएका छन् ।

संसद बैठककपछि आइतबार पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘सभामुख हाम्रो नेता हो । तपाइँले नियमावली पल्टाएर हेर्नुहोस्, सम्पूर्ण कुरा सभामुखको हातमा छ । तर, उहाँले निष्पक्ष भुमिका खेल्नुभएन । उहाँले हाम्रो हकमा सूचना टाँस्न आनाकानी गर्नुभयो’ नेता नेम्वाङले भने ।

संसदमा हाल देखिएको समस्याको हल निकाल्न सभामुख गम्भीर नभएको नेम्वाङको आरोप थियो । उनले भने, ‘जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र लगायत नेताहरुको हकमा सूचना दिनासाथ कारबाहीको सूचना आयो । तर हाम्रो हकमा उहाँले सूचना टाँस्नु नै भएन ।’

नेकपा एमालेका सांसदहरुले सभामुख सापकोटाले पार्टी फुटाउन सहयोगी भूमिका खेलेको भन्दै संसद बैठकमा निरन्तर नारावाजी सहित अवरोध गर्दैआएका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome