शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

थप १,४८६ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु, १,२६० डिस्चार्ज

२८ भाद्र, २०७८ १७:३६ मा प्रकाशित

551 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ६५ हजार ३४३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ४० हजार ७१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ६३० जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ६७२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २४ हजार ९५८ जना होम आइशोलेसनमा रहेका छन् । ४७५ जना आईसियुमा १३४ जना भेन्टिलेटरमा उपचारारत छन् । २६२ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome