सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

संसद गतिरोध अन्त्य गर्न एमालेसँग थप छलफल आवश्यक रहेको सर्वदलीय बैठकको निष्कर्ष

२८ भाद्र, २०७८ १७:४५ मा प्रकाशित

298 पटक पढिएको

all party meeting

काठमाडौं – संसदमा जारी गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठकले एमालेसँग थप छलफल गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । सभामुख अग्नीप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकमा नेकपा एमालेलाई मनाउन पहल गर्ने निष्कर्ष निकालेको हो।

सोमबार बसेको बैठकले भने कुनै निर्णय गर्न सकेन । बैठकपछि सांसद दुर्गा पौडेलले संसद प्रतिपक्षको रहेको बताइन् । उनले भनिन्, ‘प्रतिपक्षी भूमिकालाई एमालेले निष्कृय बनाउन खोज्यो । एमालेले निकास दिनुपर्छ ।’

एमालेले निरन्तर संसद अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा एमालेले सहभागी नहुने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome