शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

३८ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीया किशोर पक्राउ

२८ भाद्र, २०७८ १७:५६ मा प्रकाशित

832 पटक पढिएको

rape graphic

काठमाडौं – बलात्कार गरेको आरोपमा पर्वत प्रहरीले १७ वर्षीया किशोरलाई पक्राउ गरेको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाका ती किशोरमाथि ३८ वर्षीय महिला बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार गत वैशाख १५ गते साँझ ६ बजेतिर खेतमा काम गरिरहेको समयमा महिलालाई किशोरले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । पीडित महिलाका दाजुले गत शुक्रबार पर्वत प्रहरीमा उजुरी दिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

सोही उजुरीका आधारमा प्रहरीले शनिबार किशोरलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्वत जिल्ला अदालतबाट आइतबारदेखि लागू हुनेगरी ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

गोपनीयताका कारण दुवै पक्षको विवरण नखुलाइएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome