शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

थप १,५६२ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु, १,५८९ डिस्चार्ज

२९ भाद्र, २०७८ १६:५९ मा प्रकाशित

734 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ९०५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५८९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ४२ हजार ३०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार २०२ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ५१२ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २४ हजार ६९० जना होम आइशोलेसनमा रहेका छन् । ४५३ जना आईसियुमा १३७ जना भेन्टिलेटरमा उपचारारत छन् । २२३ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome