आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

नेपालले कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाए : ओली

२९ भाद्र, २०७८ १७:१८ मा प्रकाशित

608 पटक पढिएको

ex prime minister kp oli

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासयी बनाउन माधवकुमार नेपालले भूमिका खेलेको आरोप लगाए। आज झापामा आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले भने,’ उहाँ कमरेड माधवकुमार नेपाल होइन । एमाले विरोधी जनविरोधी माधव नेपाल हो ।’ उनले माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई नअलमलीन आग्रह गरे । उनले भने, ‘प्रचण्डको पछि लागेर जिन्दगी बरबाद नगर्न माओवादी केन्द्रमा अलमलमा परेकाहरुलाई आग्रह गर्छु । देश बनाउन आउनुहोस् ।’

उनले पार्टी पदका लागि मरिहत्ते गर्न नहुने बताए । उनले भने, ‘पदका लागि सबैकुरा छोड्नु हुँदैन । पदकै लागि माधव नेपालले एमाले पार्टी छोडे । उनी पतनको बाटोमा लागे ।’

अध्यक्ष ओलीले देशको स्वाधिनता रक्षा गर्न एमालेलाई जिताउन आह्वान समेत गरेका छन् । उनले देशलाई बनाउन एमाले सरकारबाट हट्ने होइन सरकारमा सहभागी हुनुपर्ने बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome