शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख घुससहित पक्राउ

२० श्रावण, २०७७ १६:२० मा प्रकाशित

563 पटक पढिएको

arrested illustration

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले राजश्व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय राना र व्यवसायी अनिल कुमार झालाई २ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत उनलाई घुस वापतको रकम लेनदेन गर्दैगर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालले जानकारी दिए ।

‘हाम्रो टोली फिल्ड मै छ, एक घण्टापछि पूर्ण विवरण सार्वजनिक गछौं, ‘उनले भने ।अख्तियारले सोमबार मात्रै बाके निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई ८ लाख ९८ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome