बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

थप १,७६० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु, १,२२० डिस्चार्ज

३० भाद्र, २०७८ १९:२० मा प्रकाशित

654 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार ६६५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ४३ हजार ५२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ३०७ जना सक्रीय संक्रमित रहेका छन् । १ हजार ६२४ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने २४ हजार ६८३ जना होम आइशोलेसनमा रहेका छन् । ४०७ जना आईसियुमा १२९ जना भेन्टिलेटरमा उपचारारत छन् । २१८ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome