शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

माधव नेपाललाई एमालेमा फर्काउनुको औचित्य छैन : ओली

३१ भाद्र, २०७८ १८:०० मा प्रकाशित

326 पटक पढिएको

ex pm kp oli

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा फर्काउनुको औचित्य नरहेको बताएका छन् ।

काठमाडौं जील्लास्तरीय एमाले कार्यकर्ता प्रशिक्षणमा एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । प्रशिक्षण कार्यक्रममा उनले भने, ‘पार्टीभित्रै भएका पार्टी विरोधी तत्वहरुलाई एमालेमा ठाँउ छैन । माधव कमरेड आउनुस् भन्ने गरेको पनि सुनेको छु । के उहाँलाई पार्टी फुटाउन फेरि ल्याउने ?’

यसअघि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई फेरि एमालेमै फर्कन आग्रह गरेकी थिइन् । अध्यक्ष ओलीले शाक्यलाई लक्षित गर्दै नेता नेपाललाई एमालेमा फर्काउनुको औचित्य नरहेको बताएका हुन् ।

माधव नेपाल एमालेमा छउन्जेल पार्टीमा गुटबन्दी वाहेक केही नभएको ओलीको भनाइ थियो । साथै पार्टी सरकारमा हुँदा माधव नेपाल केही नबोलेको तर रोस्ट्रममा उभिपछि गीत गाएको भन्दै अध्यक्ष ओलीले व्यंग्य गरेका थिए । यस्तै माधव नेपाल इगोले चल्ने नेता भएको उनको आरोप थियो ।

‘उहाँ छउन्जेल गुटबन्दी बाहेक केही भएन । माधव कमरेडले पार्टी सरकारमा हुँदा एक शब्द पनि बोलेनन् । जहिले पनि रोस्टममा उभिएपछि गीत गाए । कम्युनिस्टको दुईतिहाइ सरकार छ अनि डुंगा डुव्न लाग्यो रे’उनले भने ।

नेता नेपाललाई लक्षित गर्दै उनले भने ‘पार्टी सिध्याउन खोजिएको थियो । तर सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठेर पार्टी भत्काउन दिदैनौँ भनेर पार्टीको रक्षामा उभिएकाले पार्टी जहाँको त्यहीँ खडा छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome