सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

बुटवलमा एक वर्षमै बने २५ मोटरेवल पुल

२० श्रावण, २०७७ १६:२५ मा प्रकाशित

703 पटक पढिएको

motorable bridge

बुटवल – सडक डिभिजन कार्यालय बुटवलले गत आर्थिक वर्षमा २५ वटा सडक पुल निर्माण गरेको छ । कोरोना महामारीकाबीच समेत पुल निर्माणलाई तीब्रता दिएको कार्यालयले अत्यावश्यक रहेका पुल निर्माण सकेको हो ।

गत आर्थिक वर्षमा बनेका पुलमध्ये १२ वटा रुपन्देहीका हुन् । अन्य १३ वटा पूर्वी र पश्चिम नवलपरासीमा निर्माण भएको सडक डिभिजन बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । ‘काम सक्ने पीक आवरमा कोरोना महामारीको कारण लकडाउन भएपनि पुल निर्माण रोक्नु परेन, ‘मरासिनीले भने ।

रुपन्देहीमा देवदहको भलुही, सैनामैनाकाको देवपुर, बुटवलको हात्तिसुढ र नयाँगाउँ, तिलोत्तमाको रोहिणी, गौरीखोला, इंगुरिया, कञ्चन, घाघरा र बुटवलको पुरानो बजार जाने पुल निर्माण सकिएका हुन् ।

नवलपरासीको कुण्डा खोला, खजुरा, बिनयी, खाकरा, टेंग्री, छोछडी, लोकाहा, भुताहा खोलामा पुल बेनका हुन् । निर्माण भएका पुलमध्ये ६ वटा सञ्चालनमा आएका छन् । बुटवलको पुरानो र नया बजार जोड्ने पुल सञ्चालन भएको छ । नवलपरासीको टुटहवा, झरही, खजुरा, धनेवा र केरुङगे खोलामा बनेका पुल सञ्चालनमा आएको प्रमुख मरासिनीले जानकारी दिए ।

प्रत्येक पुलको लागत ६ करोडदेखि १२ करोडसम्म रहेको छ । रुपन्देहीको छपियामा रहेको एउटा पुल भने खोलाले बगाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome